१४ बैशाख २०८१, शुक्रबार
Header

सिथि नखः नेवार समुदायले आज धुमधामसँग मनाउँदै


प्रकाशित: शनिवार, २५ जेठ २०७६, १०ः०० बजे
- महानगरखवर

काठमाडौं । नेवार समुदायका महत्वपूर्ण पर्वहरु मध्ये एक सिथि नखः आज (शनिवार) धुमधामसँग उपत्यकामा मनाउँदै छ । 


यस पर्वलाई पानीको मुहान सफा गर्ने पर्वको रुपमा पनि मनाईने गर्दछ । आजको दिन आ–आफ्नो घरको धारा, मुहान, इनवार, कुवा, पोखरीलगायत सरसफाई गर्दछन । 


जेष्ठ शुक्ल पक्ष षष्ठीअर्थात कुमार षष्ठीका दिन मनाउने यस पर्वलाई नेवार समुदायले वर्षा अघिको अन्तिम चाडको रुपमा समेत मनाउँछन ।


भगवान कुमारको जन्म दिनसमेत भएकाले यस दिन कुमारको पूजा गरी मास, मुगी, केराउलगायतका दलहनबाट बनेका विशेष प्रकारको पकवान ‘बारा’ खाने प्रचलन रहेको छ । 


यो चाडसँगै वर्षा शुरु हुने र किसानको वर्षको महत्वपूर्ण कार्य सिन्या ज्याः (धान रोपाइँ) शुरु हुने भएकाले यस चाडलाई वर्षा अघिको अन्तिम चाडको रुपमा लिइन्छ ।


सिथिःनखको धार्मिक महत्व


यस पर्वका महत्व यस कारण पनि छ कि महादेव पार्वतीका ज्येष्ठ सुपुत्र कुमारको जन्म दिन परको र कुमार देवगणका सेनापति हुन । देवी देवतामध्ये सबैभन्दा पहिला कुमारको पूजा आराधना गर्नाले वर्षात्को बेला धान रोपाइँजस्तो कृषि कार्य गर्न शरीरमा बल र शक्ति प्राप्त हुने विश्वास रहेको छ । 

 

नेवार समुदायले सिथि नखःको दिन शरीरमा तागत उत्पन्न गराउने मास र मुगीका बारा, चामलको चटामरी, पापड, गहुँको मालपुवालगायतका पकवान खाने चलन रहेको छ । 

 


 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD