काठमाडौं । सोमबार बिहान काठमाडौंको सीतापाइलामा सडक छेउ रोकेर राखिको कारमा अचानक आगलागी भएको छ ।
प्रहरीका अनुसार बागमती प्रदेश ०१–०२९ च ५९५० नम्बरको विद्युतीय कारमा तार सर्ट भएर आगलागी भएको हो । कारमा लागेको आगो भने पूर्ण रूपमा नियन्त्रणमा आइसकेको छ ।
कारमा लागेको आगो दमकलको सहायताले निभाइएको छ भने कार पूर्ण रूपमा क्षति भएको प्रहरीले जनाएको छ ।
Categorized in समाज