१२ भाद्र २०८३, शुक्रबार
Header

सिण्डिकेट लाद्न यातायात व्यवसायीहरुले गरे चक्काजाम, यात्रुको बिजोग, सरकार सिण्डिेकट तोडेरै छाड्ने अडानमा


प्रकाशित: शुक्राबार, २१ बैशाख २०७५, ९ः४७ बजे 
- जेम्सज्वेलरीखवर

काठमाठौ । सिण्डिकेट प्रणाली कायमै राख्न दबाब स्वरुप आज देशभरै यातायाता व्यवसायीहरुले चक्का जाम गरेका छन् ।

 
यातायात बन्दले यात्रुको जनजिवन प्रभावित बनेको छ । बिहान काठमाडौं लगायत देशका विभिन्न शहरमा भाडाका सवारी साधनहरु न्यूनमात्रामा देखिएका छन् भने केही शहरमा भने सडक पुरै खाली देखिएको छ ।


विभिन्न गन्तव्यमा पुग्नु पर्ने यात्रुहरु सडकमा अलपत्र अवस्थामा देखिएको छ । खास गरी कक्षा ११ र १२ को परिक्षा चलिरहेको बेला सवारी नचल्दा समस्या परिक्षार्थीहरु समस्यमा परेको छ ।

 
काठमाडौं भने निजी सवारी साधन र भाडाका ट्याक्सीहरु चलिरहेको देखिएको छ ।

 
पश्चिम नेपाल बस व्यवसायी संघ, सिद्धार्थ यातायात, बुटवल यातायात, गुल्मी यातायात, सुपा देउराली यातायात लगायतका बस तथा जीप समितिले आफ्ना टिकट काउन्टरहरु बन्द गरेर बसपार्क खाली गराएका छन् ।

 
सरकारले यातायात व्यवस्थापन कार्य्विधि निर्दे्शिका २०६० संशोधन गर्दै सवारी कम्पनीमा दर्ता हुनुपर्ने, असारदेखि विभिन्न नाममा खडा गरिएका यातायात समिति नवीकरण नहुने लगायतका निर्णय गरेपछि व्यवसायीहरु आन्दोलित बनेका हुन् ।
यो निर्णयको विरुद्धमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले २१ गते चक्काजाम, २७ गतेदेखि अनिश्चितकालीन चक्काजाम गर्ने घोषणा गरेको छ ।


नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अगुवाईमा भएको हड्ताललाई नेपाल ट्रक यातायात व्यबसायी महासंघ, नेपाल पेट्रोलियम ढुवानी व्यबसायी महासंघ, ढुवानी व्यबसायी महासंघ नेपाल र नेपाल पेट्रोलियम डिलर राष्ट्रिय एशोसियशनले समेत साथ दिएका छन् ।

यता सरकार जुनसुकै हालतमा पनि सिण्डिेकट प्रणाली तोड्ने अडानमा कायम रहेका छन् ।

 
यातायात व्यवस्था विभागसँग आज भएको छलफलमा विभिन्न यातायात कम्पनीका प्रतिनिधीले सुरक्षाको प्रत्याभूति भएमा सबै सवारीसाधन संचालन गर्ने प्रतिबद्धता जनाएका हुन् ।


विभागका निर्देशक तिर्थराज खनालले आवश्यक परेको खण्डमा संचालन हुने सवारीसाधनमा हतियारसहितका सुरक्षाकर्मीहरु समेत परिचालन गर्ने प्रतिवद्धता जनाउँदै निर्वाध रुपमा सवारी साधन संचालन गर्न आग्रह गरे ।
सरकारले भने गाडी नचलाए रुट खारेज गर्ने चेतावनी दिएको छ ।

 
विभागका अनुसार कुनै पनि रुटमा कम्पनी, फर्म वा सहकारीमा दर्ता भएर प्रक्रिया पुराएर आए एकै दिनमा अस्थायी रुट दिइने जनाएको छ । 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex