६ भाद्र २०८३, शनिबार
Header

सिडियोले भन्यो– स्वास्थ्य मापदण्ड पालना नगरे कडा कारवाही, ७ दिन निषेधाज्ञा थप


प्रकाशित: मंगलवार, १९ साउन २०७८, १७ः०० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौं जिल्ला प्रशासन कार्यलयले मंगलवार एक सुचना जारी स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह गरेको छ ।


उपत्यकामा निषेधाज्ञाका विचमा सभा, जुलुस, सम्मेलन, पार्टी जस्ता भिडभाड हुने गतिविधि उल्लेखिय देखिएको र स्वास्थ्य मापदण्डको पनि वे–वास्ता गरिएकोले प्रशासनले सुचना गरी सचेत गराएको हो । 


जारी सुचनामा भनिएको छ,‘ पछिल्लो केही दिन यता काठमाडौं उपत्यका लगायतका जिल्लारुको कोरोनाको संक्रमण दर उच्च हुँदै गएको, अस्पतालहरुमा भेन्टिलेट र आईसियु र आकस्मिक कक्षमा विरामीहरुको चाप बढ्दै गएको अवस्था भएकोले कोरानाको संक्रमण दर घटाउनुमा सबै पक्ष र समुदायको उत्तिकै जिम्मेवारी र भूमिका रहन्छ ।’


प्रशासनले स्वास्थ्य मापदण्ड विपरित कुनै पनि गतिविधिहरु नगर्न÷नगराउन सबैपक्षलाई सुचित गरेसँगै सो नगरेको खण्डमा प्रचलित कानुन बमोजिम कडा कारवाही हुने समेत चेतावनी दिएको छ ।  


यसैविच आज उपत्यका तिनै जिल्ला प्रशासन काठमाडौं प्रमुखहरुको बैठकले निषेधाज्ञा ७ दिन थपेको छ । 


पुर्व निर्णयहरुनै कायम हुने गरी थपिएको निषेधाज्ञामा निषेध गरिएको गतिविधिहरु गर्न नपाईने काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए ।

 


 

asteriskhubs
Home Page Bottom Second


maharjan complex