१२ बैशाख २०८१, बुधबार
Header

सिटी मार्केटका पसल कवल खाली नगरे सामान जफत गर्ने महानगरको चेतावनी


प्रकाशित: आईतवार, ३ साउन २०७८, २०ः०६
- महानगरखवर

काठमाडौँ । काठमाडौं महानगरपालिकाले सिलबन्दी गरिदिएको पुरानो वसपार्कस्थित सिटी मार्केटका पसल कवल खाली नगरे जफत गर्ने चेतावनी दिएका छन । 


महानगरले एक सुचना टाँस गरी पसल कवलका व्यापारीहरुले साउन ५ गतेभित्र महानगरलाई बुझाउने भाडा रकम अबिलम्ब बुझाई पसलबाट आफ्नो समान हटाउन अनुरोध गरेको छ ।


तोकिएको समयमा नहटाए साउन ६ गतेबाट महानगरले पसल खोली समानहरु जफत गर्ने जारी सुचनामा उल्लेख छ । 

 


यस अघि गते बैशाख २ गते विहिवार  महानगरपालिकाले सिटी मार्केमा संचालन गरेका पसलहरुले भाडा नतिरेको भन्दै १ सय १२ वटा पसलमा ताला लगाइदिएको थियो । 


महानगरपालिकासँग लामो समयदेखि कुनै सम्झौता नगरेको र पटक –पटक सुचना जारी गरी हटाउन आग्रह गर्दा पनि नमानेपछि पसलमा तालबन्दी गरिएको महानगरका प्रमुख प्रशासकिय अधिकृत राजेश्वर ज्ञवालीको भनाई छ । 


महानगरपालिका राजस्व विभाग प्रमुख डा. शिव अधिकारीका अनुसार  सिटी मार्केटमा व्यवसाय गर्ने व्यवासायीले २०७६ चैतसम्म व्यवसायीहरुको संघ मार्फत केही बहाल बुझाए पनि त्यसपछि बुझाएको छैन । 

 


 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD