१४ बैशाख २०८१, शुक्रबार
Header

सिटिजन्स बैंक सिईओमा गणेशराज पोखरेल


प्रकाशित: सोमबार, ११ चैत्र २०७५, २०ः४० बजे
- महानगरखवर

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलको सिइओ (प्रमुख कार्यकारी अधिकृत) मा गणेशराज पोखरेल नियुक्त भएका छन । 


बैंकको सोमबार बसेको २९५औं संचालक समितिको बैठकले पोखरेललाई सो पदमा नियुक्ती गरेको हो । 


राजनसिंह भण्डारीको समायावधि सकिएपछि पोखरेलले बैंकको नेतृत्व सम्हाल्दै आएका बैंकद्धारा जारी विज्ञप्तीमा उल्लेख छ । 


०६५ साल देखिनैे दोस्रो वरियतामा रहेर कार्य सम्पादन गर्दै उनी त्रिभुवन विश्व विद्यालयबाट मार्केटिङमा स्नातकोत्तर, कानुनमा स्नातक तथा काठमाडौँ विश्व विद्यालयबाट वित्तव्यवस्थापन विषयमा स्नातकोत्तर गरेका छन । 


व्यवस्थापन क्षेत्रमा २५ वर्षभन्दा लामो पोखरेलको अनुभव रहेको छ ।  नीति नियमको अनुपालना आफ्नो अत्यन्त प्राथमिकतामा पर्ने र यस अवधिमा बैंकलाई थप उचाईमा पु¥याँउने गरी काम गर्ने प्रतिवद्धता व्यक्त  गरेका छन  । डा. शंकर प्रसाद शर्मा, वरिष्ठ अर्थविद अध्यक्ष रहेको यस बैंक अनुभवी व्यवस्थापन समूह र जनशक्तिबाट संचालित रहेको छ ।

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD