काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले यस वर्ष पनि ‘बैंक अफ द इयर’ अवार्ड हात पारेको छ ।
लण्डनमा आयोजित विशेष समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज न्यौपानेले अवार्ड ग्रहण गरेका हुन् ।
यो प्रतिष्ठित अवार्ड विश्वका १३२ मुलुकका उत्कृष्ट ठहरिएका बैंकहरूलाई प्रदान गरिन्छ। नेपालबाट सिटिजन्स बैंकले अवार्ड पाएको बैंकले जनाएको छ ।
बैंकिङ क्षेत्रको प्राविधिक स्तरोन्नति, नयाँ उत्पादन विकास, वित्तीय समावेशीकरण, दिगो बैंकिङ अभ्यास तथा समग्र प्रभावकारी सेवाका आधारमा ‘बैंक अफ द इयर’ अवार्ड डिसेम्बर ४ मा प्रदान गरिँदै आएको छ ।
सिटिजन्स बैंकले यी क्षेत्रमा गरेको अग्रसरता अवार्डको प्रमुख आधार बनेको बताइएको छ ।
यसअघि पनि बैंकले सन् २०२४ मा यही अवार्ड पाएको थियो। निरन्तरता पाउँदो उपलब्धीले ग्राहक, सेयरधनी र कर्मचारीको विश्वास झन् मजबुत बनेको बैंकका सीईओ न्यौपानेले बताए ।
Categorized in बैंक