७ बैशाख २०८१, शुक्रबार
Header

सिटिजन्स बैंकको मकवानपुरको रजैया एक्सटेनसन काउन्टर


प्रकाशित: सोमबार, ४ चैत्र २०७५, २०ः०० बजे
- महानगरखबर

काठमाडौं । सिटिजन्स बैंकले आफ्ना ग्राहकलाई सम्पूर्ण बैंकिक सेवा दिने उद्देश्यले मकवानपुरको मनहरी गाउँपालिकामा एक्सटेनसन काउन्टर खोलेको छ । 


बैंक गाउपालिकाको वडा नं. ९ रजैयामा एक्सटेनसन काउन्टर खोलेको जनाएको छ । 


रजैया एक्सटेनसन काउन्टरबाट बैंकले त्यस क्षेत्रका ग्राहकहरुलाई बैंकले नगद जम्मा तथा भुक्तानी गर्ने, रेमिटेन्स भुक्तानी गर्ने तथा पठाउने, चेक क्लियरिङ गर्ने, एबिबिएस सुविधालगायत विभिन्न बैंकिङ्ग सेवाहरु उपलब्ध गराउने छ । 


हाल बैंकका ८१ वटा शाखा, ७५ वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङ एकाईहरु छन । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD