११ बैशाख २०८१, मंगलबार
Header

सिक्किम हिमपहिरोमा परी ३ नेपालीको मृत्युु


प्रकाशित: बुधवार, २२ चैत्र २०७९, १०ः१० बजे 
- महानगरखबर

काठमाडौं । सिक्किमको हिमपहिरोमा परी ३ जना नेपालीले ज्यान गुमाएको छ ।


सिक्किमको गान्तोक–नाथुला सडक खण्डमा परेमा हिमपहिरोमा परी मृत्यु हुने नेपालीहरुमा चितवनका शिवप्रसाद लामिछाने र आशिका ढकाल तथा रुपन्देहीकी मुना शाह श्रेष्ठ रहेका छन ।


अधिकारीहरुका अनुसार तीन नेपालीसहित सात जनाको मृत्यु भएको हो ।  एक दर्जन घाइते भएका छन । घाईतहरु त्था थप मृत्यु भएकाहरु भारतको उत्तरप्रदेश, पश्चिम बंगाल र कोलकाताका छन ।


स्थानीय समय अनुसार मंगलबार दिउँसो सवा १२ बजेतिर गान्तोक–नाथुलापास जोड्ने जवाहरलाल नेहरु सडकमा हिमपहिरो खसेको थियो । हिमपहिरोमा ५–६ वटा सवारी साधनसहित केही पर्यटक पुरिएको आशंका गरिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएको छ । 

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD