काठमाडौं । सिके राउतको स्वतन्त्र मधेश गठबन्धनका ६ कार्यकतालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरीले मंगलबार सप्तरीको राजविराज, कञ्चनपुर र भारदहलगायतका स्थानबाट उनीहरुलाई पक्राउ गरेको जनाएको छ ।
उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले राजविराजमा पार्टी प्रवेश गर्नेहरुलाई स्वागत गर्ने कार्यक्रम रहेको छ ।
संघीय समाजवादी फोरमका अध्यक्ष समेत रहेका उप्रधान यादवको सो कार्यक्रमलाई लक्षित गरि विरोध कार्यक्रम गर्ने खवर प्रहरीलाई प्राप्त भएपछि राउतका कार्यकर्तालाई नियन्त्रणमा लिएका हो ।
Categorized in समाज