काठमाडौं । सिके राउतको अध्यक्षतामा जनमत पार्टी घोषणा गरिएको छ ।
राउतको नेतृत्वमा गठित स्वतन्त्र मधेस गठबन्धनको दुई दिने राष्ट्रिय परिषदको भेलाले जनमत पार्टी नामको दल गठन गरेको हो ।
सिरहाको लहानमा आइतबार र सोमबार भएको गठबन्धनको भेलाले नेपालको संविधानभित्र रहेर नयाँ पार्टी निर्माण गरी निर्वाचन आयोगमा दर्ता गर्ने निर्णय गरेको छ ।
पार्टीमा ३५ सदस्यीय केन्द्रीत समिति रहने व्यवस्था गरेको छ । सो भेलाबाट पार्टी आयोगमा दर्ता भएपछि केन्द्रीय समिति बढाइने केन्द्रिय सदस्य अव्दुल खानले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
यस अघि स्वतन्त्र मधेशको मुद्दा लिएर आन्दोलनमा उत्रेका राउत र सरकारविच ११ बुँदे सहमति भएपछि राउत मुलधारको राजनीतिमा आएका हुन ।
Categorized in राष्ट्रिय