१५ चैत्र २०८०, बिहिबार
Header

सिकाली मन्दिर जोगाएर काठमाडौ निजगढ द्रुर्तमार्गको खाका तयार


प्रकाशित: बुधवार, ११ भाद्र २०७६, १९ः०० बजे
- महानगरखवर

काठमाडौं । ललितपुरको खोकना स्थित एतिहासिक सिकाली मन्दिर जोगाएर नेपाली सेनाले काठमाडौ निजगढ द्रुर्तमार्ग खाका तयार पारेको छ ।


सिकाली मन्दिरसँगै कोदेशलाई पनि संरक्षण गर्ने गरी नयाँ रेखांकन सहितको रेखांकन तयार पारिएको छ ।  


मन्त्रिपरिषद्ले स्वीकृत गरेको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अनुसार द्रुतमार्गको प्रस्थान विन्दु खोकना हुने भएको छ । 


द्रुतमार्गको लम्बाई ७२.५ किलोमिटर लम्बाई हुने छ । यस अनुसार खोकनामा ७८ रोपनी र फर्सिडोलमा ३० रोपनी जग्गा अधिग्रहण गर्नुपर्ने हुन्छ ।


नया डिपीआर अनुसार सो द्रुतमार्गको लागि महादेवडाँडामा ३.३५५ किमी, धेद्रेमा १.६३० किमी र लेनडाँडामा १.४३० किमी गरी ६.४१५ किमी लामो सुरुङमार्ग बनाइनेछ ।


चार लेनको यो सडक पार गर्न लगभग १ घन्टा दुई मिनेट ३३ सेकेण्ड लाग्ने अनुमान छ ।


आयोजनाका प्रमुख एवं प्राविधिक महासेनानी शरदलाल श्रेष्ठका अनुसार लागत मूल्य अभिवृद्धि करसहित १ खर्ब ७५ अर्ब पुग्ने भएको छ । 


यस अघि नेपाली सेनाले खोकनामा टेण्ट लगाई काम गर्न थालेपछि स्थानीयहरुले विरोध गरेका थिए । 


स्थानीहरुले निर्माणधीन आयोजनाहरु बाहिरी चक्रपथ, बाग्मती करिडोर, कुलेखानी १ सय ३२ केभीए प्रसारण लाइन, स्याफ्रुबेसी ठोरी रेलमार्गलगायतले यहाँ निजी जमिन मासिँदै गएको भन्दै स्थानीय वासिन्दाले विरोध गरे । 


यतिमात्र नभएर द्रुतमार्गले ऐतिहासिक सम्पदा सिकाली मन्दिर र कोदेश क्षेत्रलाई समेत क्षति पुर्‍याउने भएपछि खोकनाबासी सडकमा नै उत्रिएका थिए ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD