७ आषाढ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

सिआईबीले ललिता निवास जग्गा प्रकरण अनुसन्धान प्रतिवेदन बुुझायो


प्रकाशित: मंगलवार, ५ भाद्र २०८०, १२ः१० बजे
- महानगरखबर

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणको अनुसन्धान प्रतिवेदन  जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको छ ।


मंगलवार सिआईबीले ललिता निवासको संगठित र कीर्ते मुद्दामा सीआईबीले अनुसन्धान प्रतिवेदनसहित सक्कल र नक्कल फाइलहरु बुुझाएको हो । 


ललिता निवास जग्गा प्रकरणमा आरोपीलाई पक्राउ गरेको ६० दिनभित्र अभियोजन गर्नुपर्ने हुन्छ ।


सीआईबीले गरेको अनुसन्धानमा २०४९ देखि २०७० सालसम्म पाँच पटक गरी बालुवाटारस्थित ललिता निवासको १४३ रोपनी सरकारी जग्गा व्यक्तिका नाममा दर्ता भएको खुलेको छ । 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex