१७ बैशाख २०८१, सोमबार
Header

सिआइबीले सार्वजनिक गरेका बमजनसँग करोडौ नगद रकम, विदेशी मुद्रा र गाडी भेटियो


प्रकाशित: बुधवार, २५ पुस २०८०, १६ः५० बजे
- महानगरखवर

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय ब्युरो अनुसन्धान ब्युरोले पक्राउ परेको तपस्वी रामबहादुर बमजनलाई सार्वजनिक गरेको छ । 


बुधवार सिआइबी कार्यालयमा बमजनलाई सार्वजनिक गरेको हो । मंगलबार साँझ बुढानिलकण्ठबाट पक्राउ परेका बमजनलाई आज नै सर्लाही लैजाने तयारी प्रहरीले गरेको छ ।


सर्लाहीकी एक अनुयायीमाथि बाल यौन दुराचार गरेको आरोप लागेपछि जिल्ला अदालत सर्लाहीले उनीविरुद्ध २०७६ सालमा पक्राउ पुर्जी जारी गरेको थियो । 


बम्जन कम्तीमा दुई महिनादेखि काठमाडौंमा बसिरहेको खुलेको थियो ।


यसैबीच प्रहरीले बमजनको घरबाट १७ देशका ३० लाख ९२ हजार चार सय ६ रुपैयाँ बराबरको अवैध मुद्रा बरामद गरेको ब्युरोले बताएको छ ।


साथै तीन करोड चौतीस लाख नेपाली रूपैयाँ पनि बरामद गरेको ब्युरोले जनाएको छ । 


रामबहादुर बम्जन महँगो ल्यान्डक्रुजर गाडी चढ्ने तयारीमा रहेको समेत व्यूरोले पत्रकार सम्मेलनमा जानकारी दिए । 


उनले ५ करोडको गाडी किन्नका लागि धुम्बाराहीको एउटा कम्पनीलाई ३ करोड रुपैयाँ एड्भान्स बुझाइसकेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बताएको छ ।


व्यक्तिगत प्रयोजनका लागि मोबाइल मात्रै १४ वटा बोक्ने गरेको खुलेको छ । बम्जनले प्रदेश ३–०१ ०२४ च ६७२९ नम्बरको टोयटा फच्र्युन गाडी चढ्ने गरेका थिए । 


उनीसँग क्रस फायर, केटीएम ड्युक, यामाहा रे जेडआर स्कुटरलगायत चार वटा मोटरसाइकल पनि रहेको प्रहरीले जानकारी दिएको छ ।


उनको साथबाट २ वटा ल्यापटप र ५ वटा आईप्याड तथा ट्याब पनि प्रहरीले बरामद गरेको छ ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD