२३ बैशाख २०८१, आइतबार
Header

सिआइबीले भन्यो– ब्रेक शुबाट ३०२ किलो सुन तस्करी


प्रकाशित: बुुधवार, २७ भाद्र २०८०, १२ः३० बजे
- महानगरखबर

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले चिनियाँ समूहले ब्रेक शुबाट ३०२ किलो सुन तस्करी गरेको बताएको छ ।


बुधवार आयोजित पत्रकार सम्मेलनमा सो परिमाणको सुन तस्करी भएको सिआइबीको निष्कर्ष रहेको जनाएको छ । 


बज्राचार्यले भनिन, ‘ब्रेक प्याडहरुलाई यकिन तौल गरेर ३०२.६२ किलो थप सुन ल्याएको देखिएको छ ।’


गोदामहरुमा छापा मार्दा अरु पनि यसरी समान ल्याएको खुलेको थियो ।


सीआईबी प्रमुख किरण बज्राचार्यले ६० केजी सुन तस्करी प्रकरणको अन्तिम प्रतिवेदन बुुझाउने बारे आयोजित पत्रकार सम्मेलनमा ५० जनालाई प्रतिवादी बनाएको जानकारी दिइन । 


सो प्रतिवेदन पत्रकार सम्मेलन लगत्तै सरकारी वकिलको कार्यालयमा सो बुुझाउने तयारी छ । गत २ साउनमा बरामद भएको ब्रेक सुमा ६० किलो बढी सुन बरामद भएको थियो । 


सीआईबीले प्रतिवेदनमा ३ अर्ब ५० करोड, २ लाख १६ हजार ५५२ रुपैयाँ विगो कायम गरेको छ ।

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD