२७ बैशाख २०८१, बिहिबार
Header

सिंहदरवार र संसद भवन परिसरको फुटपाथमा हिड्न रोक


प्रकाशित: मंगलवार, १५ फागुन २०८०, १६ः५० बजे
- महानगरखवर

काठमाडौं । सिंहदरवार र संसद भवन परिसरको फुटपाथमा सर्वसधारणलाई हिड्न रोक लगाएको छ । 


प्रहरीले सुरक्षा संवेदनशीलतालाई हेरेर तत्कालीन व्यवस्थापन गरिएको प्रतिक्रिया दिएका छन । 


सोमबार लघुवित्त पीडितहरुले नयाँ बानेश्वरस्थित संसद् भवन प्रवेश गरेपछि सिंहदरबार र बानेश्वर वरपरका फुटपाथमा पनि हिँड्न रोक लगाइएको हो ।


सिंहदरबारको पर्खालसँगैको फुटपाथमा डोरी टाँगेर निषेधित क्षेत्र लेखिएको छ । त्यहाँ फुटपाथ प्रयोग गर्न रोक लगाइएको हो । 


त्यस्तै संघीय संसद भवन नयाँ बानेश्वरको पर्खालसँगैको फुटपाथमा पनि डोरी टाँगिएको छ ।


अहिले प्रहरीले सर्वसाधारणलाई डोरी टाँगिएको क्षेत्रमा हिँड्न दिएको छैन । फुटपाथमा हिँड्न नपाएपछि सर्वसाधारणले सडकबाटै हिँडेको दृश्य देखिएको छ ।

 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD