२६ बैशाख २०८१, बुधबार
Header

सिंहदरवार र बानेश्वरको संसद भवन परिसरको फटपाथमा राखिएको डोरी हटाइयो


प्रकाशित: विहिवार, १७ फागुन २०८०, १३ः०० बजे
- महानगरखवर

काठमाडौं । सिंहदरवार र बानेश्वरको संसद भवन परिसरको फुटपाथमा निषेध लेखि राखिएको डोरी हटाइएको छ । 


फुटपाथमा सर्वसाधरणलाई हिड्न रोक लगाएपछि नागरिकस्तरमा भएको चर्को आलोचना पछि प्रहरीले सो डोरी हटाएको हो । 


सोमवार लघुवित ऋणीहरुले संसदको सरक्षा घेरालाई छलेर भित्र प्रवेश गरेपछि सुरक्षा संवेदनशिलतालाई ध्यानमा राखेर फुटपाथ हिड्न रोक लगाएको थियो । 


नागरिकस्तरबाट व्यापक आलोचना भएपछि प्रहरीले नयाँ बानेश्वरस्थित संसद् भवनबाहिर र सिंहदरबार परिसरबाहिर फुटपाथमा लगाएको डोरी हटाएको छ । 


फुटपाथको पर्खालमा निषेधित क्षेत्र र प्रवेश निषेध लेखिएका फ्लेक्स, ब्यानर र पोस्टर टाँसिएका थिए । 


यसैगरी प्रधानमन्त्री निवास बालुवाटार र सिंहदरबार क्षेत्रमा पनि सर्वसाधारणलाई हिँडडुलमा रोक लगाउँदै प्रवेश निषेध लेखेको ब्यानर टाँगिएको थियो । 


काठमाडौं उपत्यका प्रहरी कार्यालयले भने सो घट्नालाई मध्यनजरमा राखी केही समयका लागि मात्र डोरी टाँगिएको स्पष्टीकरण दिएका थिए ।  
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD