१ भाद्र २०८३, सोमबार
Header

सिंहदरवार प्रहरी बृत प्रमुख पुरीलाई सामुदयिक सेवाको विदाई कार्यक्रम


प्रकाशित: शनिवार, ६ जेठ २०८०, १७ः०० बजे
- रचना शाही खड्गी

काठमाडौं । सिंहदरवार प्रहरी बृत, अनामनगरका प्रहरी प्रमुख डिएसपी गोविन्द पुरीलाई सामुदायिक सेवा तथा सामुदायिक प्रहरी सेवा केन्द्रले एक कार्यक्रविच विदाई गरेको छ । 


शनिवार बागबजारस्थित सिटी म्याक्स हलमा सेवा केन्द्रले ‘फेरि भेटौला कार्यक्रम’ आयोजना गरेर डिएसपी पुरीले सो क्षेत्रमा गरेको शान्ति सुरक्षा लगायतका कामको चर्चा गर्दै धन्यावाद ज्ञापनका साथ विदाई गरेको हो ।


सेवा केन्द्रका प्रहरी हवल्दार हर्कराज जोशीका अनुसार डिएसपी पुरीको सुरुवा भए पनि कार्य क्षेत्र तोक्न बाँकी रहेको बताए । 

 


कामपा २८ वडा अध्यक्ष भाईराम खड्गीको विशेष अतिथिमा आयोजित कार्यक्रममा खड्गीले डिएसपी पुरीलाई मायाको चिनो प्रदान गरेका थिए ।


सेवा केन्द्रका अध्यक्ष विपेन्द्र खड्गीले सेवा केन्द्रलाई डिएसपी पुरीले गरेको सहयोगबारे बताएका थिए । कार्यक्रम सेवा केन्द्रका महासचिव कमरुद्धिन मियाँले कार्यक्रम सञ्चालन गरेका थिए । 


सो कार्यक्रममा सेवा केन्द्रका उपाध्यक्ष मिना साह, सचिव सरस्वती पन्त भट्टराई, सह–सचिव निशा अली खान, सह–कोषाध्यक्ष सुरेन्द्र खड्गी, सदस्यहहरु अजय खड्गी, बसन्तकुमार तण्डुकार, अन्जु श्रेष्ठ, आशा महर्जन, दिपा केसी, रोशन शाक्य लगायतको उपस्थिती रहेको थियो ।


त्यसैरी प्रहरी तर्फ सेवा केन्द्रका सई विनोद श्रेष्ठ, प्रहरी जवान लाछिराम खड्का, रन्जना माझीको सहभागिता रहेको थियो ।  
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex