काठमाडौं । सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा बागबजारले सिंहदरवार प्रहरी बृत, अनामनगरका डिएसपी गोबिन्द पुरीलाई स्वागत गरेको छ ।
सोमवार सेवा केन्द्रले एक कार्यक्रमको आयोजना गरी डिएसपी पुरीलाई स्वागत तथा परिचायत्मक कार्यक्रम गरेको छ ।
कार्यक्रममा काठमाडौं महानगर २८ वडा अध्यक्ष भाईराम खड्गीले डिएसपी पुरीलाई नयाँ कार्यकालको शुुभकामना दिँदै वडा, सामुदायिक सेवा र प्रहरी मिलेर यस क्षेत्रको शान्ति सुरक्षादेखि जनचेतना जगाउने अभियानमा सहयोग गर्ने बताए ।
त्यसैगरी सेवा केन्द्रका अध्यक्ष विपेन्द्र खड्गीले सामुदायिक सेवाले विगतमा प्रहरीसँग गरेका सचेतनामुलक कार्यक्रमहरु फेरि पनि निरन्तर रुपमा गर्ने प्रतिवद्धता जाहेर गरेका थिए ।
सेवा केन्द्रका प्रमुख सल्लाहकार मोहम्मद निजामुद्दिन मियाँले सामुदायिक सेवाको आवश्यकता र प्रहरीसँगको सहकार्यबारे चर्चा गरेका थिए भने सेवा केन्द्रका उपाध्यक्ष धु्रव खड्गीले सेवा केन्द्रले यक्ष क्षेत्रमा गरेका काम र भाविष्यमा गर्नु पर्ने कार्यक्रमहरु बारे बताएका थिए ।
डिएसपी पुरीले आफूलाई सेवा केन्द्रले गरेको स्वागत र सत्कारकाप्रति अभागरी प्रकट गर्दै सामुदायिक सेवा, वडासँग सहकार्य गरेर आगामी दिनमा विभिन्न जनचेतना मुलक कार्यक्रमहरु नियमित रुपमा गर्ने बताए ।
कार्यक्रम सेवा केन्द्रका कार्यबहाक अध्यक्ष मिना साह, सह–कोषाध्यक्ष सुरेन्द्र खड्गी, सचिव सरस्वती पन्त भट्टराई लगायतले मन्तव्य राखेका थिए ।
महासविच कमरुद्धिन मियाले संचालन गरेको कार्यक्रममा कार्यसमिति सदस्यहरु अजय खड्गी, बसन्त तण्डुकार, कोषाध्यक्ष निमित्ता प्रधान शाक्य, सक्रिय सदस्य रोशन शाक्य, सेवा केन्द्रका सई देवबहादुर केसी, प्रहरी हवल्दार हर्कराज जोशी, वडा सदस्य विरेन महर्जन, अरुण तण्डुकार लगायतको उपस्थिती रहेको थियो ।
Categorized in समाज