काठमाडौं । सिंहदरवरा प्रवेश गर्न अबदेखि ‘अनलाईन पास’ चाहिने भएको छ ।
सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ अर्थात आगामी साउनदेखि ई–गेटपास प्रणाली प्रयोगमा ल्याउने निर्णय गरेको हो । हाल विभिन्न मन्त्रालयबाट जारी गरिएका सबै अस्थायी पासहरू खारेज हुने छन ।
असारमा ६ गते बसेको सचिव बैठकले मन्त्रालयबाट जारी गरिएका सबै अस्थायी पासहरू खारेज गरेर ई–गेटपास प्रणाली प्रयोगमा ल्याउने गृह मन्त्रालयले आवश्यक समन्वय गर्ने निर्णय गरेको छ ।
गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार हाल जारी रहेको अस्थायी पासहरु हटाएर ई–गेट प्रणालीबाटै पास दिने व्यवस्था गर्न लागिएको हो ।
‘सिंहदरबार पास’ वेबसाइटमा गएर अकाउन्ट बनाउने र युजर आईडी र पासवर्ड राखेर पासका लागि अनलाइनबाट अनुरोध गर्ने प्रणाली बनाइएको छ ।
आफ्नो काम विशेषले जाने मन्त्रालय वा निकायको नाम, मिति, समय लगायतकाको विवरण भरेर ‘सब्मिट’ गरेपछि एक दिन, तीन महिना वा अस्थायी ई गेटपासका अनुरोध गर्न सकिने व्यवस्था छ ।
सम्बन्धित मन्त्रालयले पास स्वीकृत गरेपछि क्यूआर कोड पाइन्छ । सोही क्यूआर कोड सिंहदरबार गेटमा प्रवेश गर्दा देखाउनुपर्ने व्यवस्था गरिएको छ ।
पास लिने विधिः सिंहदवार पासमा क्लिक गर्नुहोस्
Categorized in प्रबिधि