३ चैत्र २०८१, आइतबार
Nepal Bank AD

सिंहदरवार पस्ने ‘ई–पास’ सरल बनाइने


प्रकाशित: मंगलवार, ८ असोज २०८१, १६ः०० बजे
- महानगरखवर

काठमाडौं । सरकारको प्रशासनिक केन्द्र सिंहदरबार प्रवेश ‘इ–पास’ सरल र सहज बनाउने तयारी गरेको छ । 


सहरी विकास मन्त्रालय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको समन्वयमा एक महिनाभित्र सिंहदरबार प्रवेश गर्नेका लागि ई–पास दिने प्रणाली कार्यन्वयनमा ल्याउने भएको छ । 


क्यूआरसहितको अनलाइन पाससमेत झन्झटिलो भएपछि नयाँ प्रविधिको ई–पास जारी गर्न तयारी थालेको हो । 


यस अघि सचिवस्तरको बैठकले मन्त्रालयबाट जारी गरिएका सबै अस्थायी पासहरू खारेज गरेर ई–गेटपास प्रणाली प्रयोगमा ल्याउने गृह मन्त्रालयले आवश्यक समन्वय गर्ने निर्णय गरेको थियो ।
सरकारले आर्थिक वर्ष २०८१÷८२ को साउनदेखि ई–गेटपास प्रणाली प्रयोगमा ल्याउने निर्णय गरेको थियोे । 


असारमा ६ गते बसेको सचिवस्तरीय बैठकले मन्त्रालयबाट जारी गरिएका सबै अस्थायी पासहरू खारेज गरेर ई–गेटपास प्रणाली प्रयोगमा ल्याउने गृह मन्त्रालयले आवश्यक समन्वय गर्ने निर्णय गरेको


‘सिंहदरबार पास’ वेबसाइटमा गएर अकाउन्ट बनाउने र युजर आईडी र पासवर्ड राखेर पासका लागि अनलाइनबाट अनुरोध गर्ने प्रणाली बनाइएको छ ।


आफ्नो काम विशेषले जाने मन्त्रालय वा निकायको नाम, मिति, समय लगायतकाको विवरण भरेर ‘सब्मिट’ गरेपछि एक दिन, तीन महिना वा अस्थायी ई गेटपासका अनुरोध गर्न सकिने व्यवस्था छ ।

 
सम्बन्धित मन्त्रालयले पास स्वीकृत गरेपछि क्यूआर कोड पाइन्छ । सोही क्यूआर कोड सिंहदरबार गेटमा प्रवेश गर्दा देखाउनुपर्ने व्यवस्था गरिएको छ ।


‘सिंहदरबार पास’ वेबसाइटमा गएर अकाउन्ट बनाउने र युजर आईडी र पासवर्ड राखेर पासका लागि अनलाइनबाट अनुरोध गर्ने प्रणाली बनाइएको छ ।


ड्यासबोर्डमा आफूले अनुरोध गरेको पासको अवस्थाबारे जानकारी पाउन सकिन्छ ।


अहिलेको पास लिने विधिः सिंहदरवार पासमा क्लिन गर्नुहोस
 

asteriskhubs
Home Page Bottom Second


Nepal Bank AD
maharjan complex