काठमाडौं । सिंहदरवारको दक्षिण गेटमा बाढी पहिरो पीडितलाई सरकारले तत्काल राहत दिनु पर्ने माग गर्दै प्रदर्शन भएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार आइतवार कालो झण्डा देखाउँदै प्रदर्शन गरेको आरोपमा प्रहरीले ६ जनलाई पक्राउ गरेको हो ।
मोहन वैद्य किरण नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का कार्यकर्ताहरुले बाढी पहिरो पीडितलाई सरकारले तत्काल राहत दिनु पर्ने र पुनस्थापना गर्नुपर्ने भन्दै कालो झण्डा देखाएर प्रदर्शन गरेका थिए ।
Categorized in समाज