काठमाडौ । पृथ्वीनारायण शाहको ३००औं जन्मयन्तीको अवसरमा सिंहदरवार अगाडीको गेटमा रहेको सालिकमा मल्यार्पण गरिएको छ ।
मंगलवार पूर्वराजा ज्ञानेन्द्र शाहले पहिलो पटक औपचारिक रुपमा सिंहदरबारको मुख्य गेटबाहिर रहेको पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गरेका छन ।
त्यसैगरी राष्ट्रपति विद्यादेवी भण्डारीले पनि पृथ्वीनारायणको सालिकमा माल्यार्पण गरेकी छिन । यस अघि पनि राष्ट्रपति भण्डारीले माल्यार्पण गरेकी थिईन ।
यस अवसरमा राजतन्त्र समर्थकहरु बाजागाजासहित सालिकमा मल्यार्पण गर्न पुगेका थिए ।
राजतन्त्र हुँदा नेपालमा पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदा दिने गरिन्थ्यो तर गणतन्त्र आएपछि बिदा कटौती गरिएको छ ।
तस्वीरहरुः बिज्जु श्रेष्ठ/महानगरखबर






Categorized in समाज