७ बैशाख २०८१, शुक्रबार
Header

सिंहदरवार अगाडी बनेको ११ तले भवन अधिग्रहण गरिने


प्रकाशित: सोमबार, १६ भाद्र २०७६, ११ः०० बजे
- महानगरखवर

काठमाडौं । अन्ततः सिंहदरवार अगाडी बनेको व्यापारिक कम्पलेक्स इमेरो प्रालिलाई अधिग्रहण गरिने भएको छ । 


मुलुककै मुख्य प्रशासनिक केन्द्र सिंहदरवारको शान्ति सुरक्षामा असर पार्ने भन्दै गृह मन्त्रालयले सो निर्णय गरेको हो । 


इमरो प्लाजाको कारण हुने शान्ति सुरक्षा पर्ने असर अध्ययनको लागि बनेको समितिले दिएको सुझाव अनुसार आईतबार गृह मन्त्रालयले उक्त निर्णय गरेको छ । 


काठमाडौंका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यको नेतृत्वमा अध्ययनका लागि टोलीमा रहेको पुरातत्व विभाग, शहरी विकास कार्यालय, काठमाडौं महानगरपालिका र सुरक्षा निकायका प्रतिनिधिले तयार पारेको सुझाव प्रतिवेदनको आधारमा मन्त्रालयले सो निर्णय लिएको हो । 


समितिले इमिरो प्लाजा मापदण्ड विपरित बनेकोले कार्वाही अगाडी बढाउने निष्कर्षसहितको सुझाव समेत दिएको छ । 


यस अघि इमरो प्लाजा भवनले शान्ति सुरक्षामा चुनौति बन्ने भन्दै प्रधानमन्त्री केपी शर्मा ओली समक्ष रिपोर्टिङ भएपछि खास विषय हुन पुगेको थियो । 


प्रधामन्त्रीलाई सिंहदरबारको दक्षिणपूर्वी मोहोडामा बनेको यस भवनको रिपोर्टिङपछि मन्त्रीपरिषद् बैठकमा समेत यसले चर्चा पाएपछि अध्ययन समिति गठन भएको थियो । 


सो समितिले अन्ततः भवन अधिग्रहण गर्ने निर्णय गरेपछि यो विषय सार्वजनिक भएको छ । 


काठमाडौं महानगरपालिका प्रवक्ता ईश्वरमान डंगोलका अनुसार इमरो प्लाजालाई मापदण्ड अनुसारनै भवन निर्माणको लागि अनुमति दिएको हो । 


प्रवक्ता डंगोलले व्यवसायिक प्रयोजनको लागि निर्माण गरिएको सो भवन ११ तल्लाको लागि अनुमिति दिएको बताए । 


२ तल्ला अण्डरग्राउण्ड पार्किङ र माथि ९ तल्लाको भवन रहेको सो जग्गगाको क्षेत्रफल क्षेत्रफल २ रोपनी ४ आना रहेको छ । 


किनं.२१७५ रहेको जग्गा धनीले २ बैशाख ०७१ मा नक्सा पास गरेका थिए भने धरधनीले ०७५ कात्तिक १५ मै निर्माण सम्पन्नताको प्रमाणपत्र लिएका छन । 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD