१ भाद्र २०८३, सोमबार
Header

सिंहदरवारमा आगो लगाइदिने बालेनको धम्कीको चौतर्फी विरोध


प्रकाशित: आइतवार, १७ भाद्र २०८०, १०ः५० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साह (बालेन)ले शनिवार राती आफ्नो फेसबुक स्टासमा सिंहदरवार आगो लगाई दिने धम्की दिएपछि यसको अहिले विरोध सुरु भएको छ । 


समाजिक सञ्जाल प्रयोगकर्तासँगै सुरक्षा निकायका अधिकारीहरुले पनि प्रमुख बालेनको अभिव्यक्तिप्रति दुःख व्यक्त गरेका छन । 


लोकतन्त्रमा यस किसिमको धम्की, अभिव्यक्ति सहय नहुने, लोकतान्त्रिक समाजमा हिंसा स्वीकार नहुने, कानुनको दायरमा ल्याउनु पर्ने, आक्रोको कारण के, ट्राफिकको नियमित चेक जाँचमा किन यति आक्रोश लगायत थुप्रै आलोचनात्मक टिप्पणीहरु इतिखेर समाजिक सञ्जालमा लेखिएका छन । 

 

 

 

विभिन्न अनलाईनमा प्रकाशित समाचार अनुसार शनिवार बालेन साहकी पत्नी सवार सरकारी नम्बर प्लेटको गाडीलाई कोटेश्वरमा ट्राफिक प्रहरीले रोकेर सोधपुछ गरेको थियो ।


राति करिब ८ः५० बजेतिर सरकारी नम्बर प्लेटको गाडी ललितपुरको बालकुमारीतर्फबाट कोटेश्वर चोकतिर आएको देखेपछि चेकिङ गर्ने ड्युटीमा रहेका ट्राफिक प्रहरीले सो गाडीलाई रोकेर सोधपुछ गरेका थिए । त्यसपछि मेयरको गाडी हो, गाडीमा मेडम हुनुहुन्छ भनेपछि ट्राफिक प्रहरीले छाडिदिएका थिए । त्यसपछि गाडी गैरिगाउँतर्फ गएको थियो ।


ट्राफिकले बिदाको दिन सेतो नम्बर प्लेटको गाडी चेक गरेर बिदाको दिन चलाउने अनुमति पत्र मागेका थिए । 


त्यसलगत्तै ९ बजेर १२ मिनेटमा बालेनको आक्रोशपूर्ण अभिव्यक्ति फेसबुकमा सार्वजनिक भएको थियो ।


प्रमुख बालेनले भने अहिलेसम्म शनिवारको सो घट्नाबारे बोलेका छैनन ।

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex