१४ बैशाख २०८१, शुक्रबार
Header

सिंहदरवारको निषेधित क्षेत्रमा चिनियाँ नागरिक र प्रहरीबिच झडप


प्रकाशित: शुक्रवार, २६ बैशाख २०७७, १८ः०० बजे
- महानगरखबर

काठमाडौं । सिंहदरवारको निषेधित क्षेत्रमा धर्ना दिएर वसेका प्रहरी र चिनियाँ नागरिकबिच झडप भएको छ । 


चिनियाँ नागरिकहरुले स्वदेश फिर्ता हुन पाउँ भन्दै सिंहदरवारमा धर्ना दिएपछि प्रहरीले नियन्त्रणमा लिने क्रममा झडप भएको हो । 


झडपमा प्रहरीतर्फ सिंहदरबारका डीएसपी हरिबहादुर बस्नेत, एक जना महिला प्रहरी र तीन जना चिनियाँ नागरिक घाइते भएका छन ।


घाइतेको डीएसपी बस्नेतको प्रहरी अस्पताल र महिला प्रहरीको ट्रमा सेन्टरमा उपचार भइरहेको वताइएको छ । 


महागनरीय प्रहरी कार्यालय, रानीपोखरीका अनुसार सिंहरदरबार अगाडि ३३ जना चिनियाँ नागरिक धर्ना दिन पुगेपछि भिड नियन्त्रणको क्रममा चिनियाँ नागरिकहरूले प्रहरीलाई ढुंगामुढा गरेको गियो ।


धर्नामा सहभागी ३३ जना चिनियाँ नागरिक पक्राउ परेको प्रहरीले जनाएको छ । 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD