८ बैशाख २०८३, मंगलबार
Nepal Bank AD 2082 mansir

सिंहदरबारभित्र नेविसंघको प्रदर्शन


प्रकाशित: मंगलवार, ८ बैशाख २०८३, १६ः२७ बजे
- महानगरखबर

काठमाडौँ  ।  नेपाल विद्यार्थी संघ (नेविसंघ) ले सिंहदरबारभित्रै पुगेर प्रदर्शन गरेको छ । 


प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद् बैठक चलिरहेका बेला नेविसंघका कार्यकर्ताहरूले प्रधानमन्त्री कार्यालय अगाडि प्रदर्शन गरेका हुन । 


नेविसंघका केन्द्रीय सदस्य भुवन भट्टका अनुसार गृहमन्त्रीको राजीनामा र बढ्दो मूल्यवृद्धि नियन्त्रणको माग गर्दै प्रदर्शन गरिएको हो ।


प्रदर्शनकारीहरूले नाराबाजी गर्दै सरकार जनताप्रति जवाफदेही हुनुपर्ने माग राखेका थिए ।


नेविसंघ नेता भट्टले जनताले विश्वास र भरोसा गरेको सरकारले जनताप्रति उत्तरदायी बन्नुपर्ने उल्लेख गर्दै गम्भीर नैतिकताको प्रश्न उठेको अवस्थामा सम्बन्धित मन्त्रीले छानबिनका लागि मार्गप्रशस्त गर्नुपर्ने धारणा राख्नुभयो । 


प्रदर्शनका क्रममा नाराबाजी गरिरहेका कार्यकर्ताहरूलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex