३ जेठ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

साहित्यकार मदनमणि दीक्षितको ९७ बर्षको उमेरमा निधन


प्रकाशित: विहिवार, ३० साउन २०७६, ०९ः०० बजे
- महानगरखवर

काठमाडौं । वरिष्ठ साहित्यकार तथा पत्रकार मदनमणि दीक्षितको विहिवार विहान ९७ बर्षको उमेरमा निधन निधन भएको छ ।


पारिवारिक स्रोतका अनुसार केही दिन अघि निमोनियाको उपचार गरेर घर फर्केर थिए । दीक्षितको आजै अन्त्येष्टि गरिने छ । 


गैरीधारा, काठमाडौंमा वि.सं. १९७९ फागुन ६ गतेका दिन बाबु लक्ष्मणमणि आचार्य दीक्षित र आमा विष्णुकुमारीका सुपुत्रका रूपमा जन्म लिएका थिए । 


पत्रकारितमा समेत आफ्नो कलम चलाउका उनका उपन्यास, कथालेखन आदिमा चर्चित रहे । माधवी ग्रन्थका लागि उनलाई २०३९ सालमा मदन पुरस्कार प्रदान गरिएको थियो ।


उनका १३ वटा भन्दा बढी कृतिहरु प्रकाशित भएका छन । माधवी (उपन्यास), चरैवेति (निबन्ध संग्रह), त्यो युग (निबन्ध संग्रह) लगायतका रहेका छन ।  
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex