७ जेठ २०८१, सोमबार
Header

सावधान ! घरमै सुन ठग्न आउला, ६ जना भारतीय पक्राउ


प्रकाशित: शुक्रवार, १३ पुष २०७५, १०ः०७ बजे
- महानगरखबर

काठमाडौं । घरमै आएर सुन सफा गरिदिने आउने ठग्नबाट सर्वसाधरण सचेत हुनु पर्ने देखिएको छ । 


प्रहरीले भोजपुरमा ठगी गर्दै हिँड्ने छ भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । 


सुन सफा गरिदिन्छौँ भन्दै स्थानीयवासीको सक्कली सुनमा विभिन्न खालको धातु लगाएर ठगी गर्दै हिँड्ने पक्राउ गरेको भोजपुर जिल्ला प्रहरी कार्यालय प्रमुख केशवकुमार थेवेले जानकारी दिए ।


उनीहरुलाई पौवादुम्मा गाउँपालिका–४ वास्तिमबाट पक्राउ गरेको हो । 


पक्राउ पर्नेमा भारतको मोतीहारी जिल्ला घोडासहन १४ का लवकुश साह, जितेन्द्र साह, शरणकुमार साह, रवीन्द्र साह, रमेश कुमार र राकेशकुमार रहेको प्रमुख थेवेले जानकारी दिए ।

 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD