काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशनको १० प्रतिशत नगद लाभांश र २५ प्रतिशत बोनस शेयर दिने प्रस्ताब पारित गरेको छ ।
कर्पोरेशनको ५२औं वार्षिक साधारणसभाले सो निर्णय गरेको सञ्चालक समितिका अध्यक्ष लक्ष्मीदास मानन्धरले जानकारी दिए ।
समितिका अध्यक्ष मानन्धरले बार्षिक प्रतिवेदन पेश गर्ने क्रममा कर्पोरेशनले १ अर्व १० करोड ८१ लाख नाफा आर्जन गरेको बताए ।
मानन्धरले प्रस्तुत गरेको आ.व. २०७४÷०७५को प्रतिवेदनमा मा ९ अर्व ६९ करोडको कारोवार गरेको जानकारी दिए । अघिल्लो वर्ष ८ अर्व ५८ करोडको कारोवार भएको थियो ।
कम्पनीले चालु वर्षको माघसम्म ४ अर्व ७९ करोड व्यावसायिक कारोवार गरेको अध्यक्ष मानन्धरले बताए ।
त्यसैगरी कर्पोरेशनले भूकम्प प्रतिरोधात्मक प्रविधिको घर निर्माणका लागि फ्यूचर वर्कस् विल्डिङ्ग सोलुसन प्रालि कम्पनी स्थापना गरी निर्माण सामग्रीको उत्पादन सुरु गरेको सो सभामा जानकारी दिएको थियो ।
Categorized in बजार