२५ बैशाख २०८१, मंगलबार
Header

साल्ट ट्रेडिङले खुद्रा व्यापारीलाई चिनी २० बोरा दिने


प्रकाशित: विहिवार, २३ कातिक २०८०, १७ः१० बजे
- महानगरखबर

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसनले खुद्रा किराना पसलेलाई १० को ठाँउमा २० बोरो दिने भएको छ । 


बिक्रीका लागि प्रदान गर्दै आएको चिनीको ‘कोटा’ बढाएको कर्पोरेसनका व्यवस्थापक ब्रजेश झाले बताएका छन ।


झा अनुसार यस मंगलबारदेखि उनीहरूलाई व्यवसाय दर्ता प्रमाणपत्रका आधारमा प्रतिपसल १० बोराबाट २० बोरा पराएको हो ।  


प्रतिबोरा चिनीको मात्रा ५० केजी हुने चिनी चार सय ५० भन्दाबढी खुद्रा पसलले पाँच हजार बोराभन्दा बढी चिनी बिक्रीका लागि कर्पोरेसनबाट लगिसकेका छन । 


उनका अनुसार सरकारले नै निर्धारण गरिदिएको प्रतिकेजी एक सय १२ रुपैयाँ ५० पैसामा खुद्रा बिक्री कर्तालाई चिनी बिक्री गरेको हो ।   


कर्पोरेसनले चाडबाड लक्षित सहुलियत दरको चिनी प्रतिकेजी रु ९७ मा प्रतिव्यक्ति दुई केजीका दरले बिक्री गर्दै आएको छ ।
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD