काठमाडौं । सरकारले सार्वजनिक स्थलमा ५ बढि भेला हुन रोक लगाएको छ ।
सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गर्ने क्रममा सुचना तथा प्रविधि मन्त्री पार्वत गुरुङले जानकारी दिए ।
‘नयाँ भेरियन्टसहितको कोरोना महामारी नियन्त्रण रोकथाम आदेश’मा सार्वजनिक स्थानमा पाँच जनाभन्दा बढी भेला हुन नपाउने उल्लेख छ ।
सारको यो आदेशअनुसार वैशाखभर पार्टी प्यालेसहरु बन्द हुनेछन् भने विवाह, ब्रतबन्ध, मलामीजस्ता कार्यमा २५ जनाभन्दा बढी सहभागी हुन पनि रोक लगाएको छ ।
त्यसैगरी सार्वजनिक यातायातमा अनिवार्य मास्क लगाउनु पर्ने, यात्रुको सिटभन्दा बढी यात्रु हाल्न नपाईने, कार्यलय प्रवेशका लागि अनिवार्य मास्क लागाउनु पर्ने, देशभरका ठुला सहर, महानगरपालिका तथा नगरपालिकाका शैक्षिक संस्थाहरु बैशाख मसान्त सम्म बन्द हुने समेतको निर्णय गरेको छ ।
होटल तथा रेष्टुरेन्ट बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म मात्र सञ्चालन हुन पाउने नियम ल्याएको छ ।
Categorized in राष्ट्रिय