२१ बैशाख २०८१, शुक्रबार
Header

सार्वजनिक सवारी साधनको भाडा बढ्यो, काठमाडौमा कति ?


प्रकाशित: विहिवार, ७ भाद्र २०८०, १९ः४० बजे
- महानगरखबर

काठमाडौं । बागमति प्रदेशमा सार्वजनिक सवारी साधनको भाडामा बृद्धि गरिएको छ । 


बागमती प्रदेश सरकारको श्रम तथा श्रम रोजगार मन्त्रालयले विहिवार राजपत्रमा प्रकाशित गरेको सुचना अनुुसार सार्वजनिक यातायातको भाडा दरमा बृद्धि भएको हो ।  


काठमाडौं उपत्यकामा ५ किलोमिटरसम्म यात्रा गर्दा यात्रुबाहक सार्वजनिक सवारीमा १८ बाट १९ रुपैयाँ ५० पैसा तिर्नु पर्ने भएको छ । 


त्यसैगरी, १० किलोमिटरसम्म यात्रा गर्दा २६ रुपैयाँ (यस अघि २४ रु), १५ किलोमिटरसम्म यात्रा गर्दा ३१ रुपैयाँ ४१ रुपैयाँ पुगेको छ । २० किलोमिटरसम्म यात्रा गर्दा अब ३३ रुपैयाँ ६६ पैसा, २० किलोमिटर भन्दा माथि ४० रुपैयाँ ८ पैसा भाडा लाग्ने भएको छ । 


अब ट्याक्सीमा चढ्नेवित्तिकै ५२ रुपैयाँ भाडा लाग्ने भएको छ । प्रति २ सय मिटर १० रुपैयाँ लाग्नेमा ३४ पैसा भाडा बढेको छ । 


ट्याक्सीमा अब बेलुका ९ बजेदेखि बिहान ४ बजेसम्मको भाडादर प्रति २ सय मिटर १५ रुपैयाँ ५२ पैसा लाग्ने भएको छ ।


नेपाल आयल निगमले साउन १ गतेबाट इन्धनमा स्वचालित प्रणाली लागुु गरेपछि इन्धनको मूल्यबृद्धि सँगै भाडा पनि बढेको हो । 

 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD