काठमाडौं । काठमाडौं महानगरपालिकाले दिएको सार्वजनिक विदाको दिन पनि केही विद्यालयहरुले पठनपाठन संचालन गरेपछि महानगरको ध्यानाकर्षण भएको जनाएको छ ।
महानगरले काठमाडौंमा सापारु (गाईजात्रा) र रोपाई जात्राको शुक्रवार सार्वजनिक विदाको घोषणा गरेको छ ।
शुक्रवार महानगरले एक सुचना प्रकाशित गरी केही विद्यालहरुको विदाको उल्लघंन गरी पठनपाठन सञ्चालन गरेको भन्दै कारवाही गर्ने चेतावनी दिएका छन ।
‘स्थानीय सरकारले गरेको अनिवार्य रुपमा पालना गर्न सबैमा अनुरोध गर्दै यो सुचना विपरित गरेमा प्रचलित कानुन बमोजिम कारवाही हुने व्यहोरा सम्बन्धीत सबैमा सुचित गरिन्छ ।’ जारी सुचनामा उल्लेख छ ।
महानगरले भाद्र १३ गते एक सार्वजनिक सुचना प्रकाशित गरी १५ गते सापारुको विदा दिने जनाएको थियो ।
Categorized in समाज