२५ बैशाख २०८१, मंगलबार
Header

सार्वजनिक लेखा समितिमा टेरामक्स प्रणाली खरिदबारे कसले – के भने ? (भिडियो)


प्रकाशित: बुधवार, ११ पुस २०८०, १९ः२० बजे
- महानगरखबर

काठमाडौं । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको बुधवारको बैठकमा सांसदहरुले आ–आफ्नो भनाई व्यक्त गरेका छन ।


सिंहदरवारस्थित संघीय सांसद सचिवालय भवनमा भएको सो बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसाद हरि ढकाल, मनिष झाले टेरामक्स प्रणाली खरिदबारे जानकारी माग गरेका थिए । 

 


त्यसैगरी, नेपाली कांग्रेस सांसद मन्जु खाँण, नेकपा माओवादी सांसद अमनलाल मोदी, स्वतन्त्र सांसद अमरेश झा लगायतले पनि सो खरिदबारे आ–आफ्नो भनाई राखेका छन ।  


बैठकले टेरामक्स प्रणाली खरिद प्रक्रियाबारे अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको छ । 


लेखा समितिले टेरामक्स प्रणाली खरिदबारे बुधबार नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल टेलिकम लगायत निकायका अधिकारीहरुसँग छलफल गरेको थियो । 

 


साथै प्रणाली खरिदमा हालसम्म भएका कामको सूक्ष्म विश्लेषण गरी अनुसन्धान गर्न अख्तियारलाई निर्देशन दिएको छ । 


हरेक ३० दिनमा प्रगति विवरण बुझाउन र अधिकारको दुरुपयोग भएको देखिएमा सम्बन्धितलाई कानुन बमोजिम अभियोजन प्रक्रियामा लैजान अख्तियारलाई निर्देशन पनि दिएको छ ।

 
भिडियोः बिज्जु श्रेष्ठ/महानगखबर

 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD