काठमाडौं । विश्कप फुटवलले विश्वको ध्यान तानिरहेको बेला इरानका अधिकारीहरूले भने आफ्ना नागरिकलाई सार्वजनिक रुपमा विश्वकप फुटवल प्रतियोगिता हर्न प्रतिबन्ध लगाएको छ ।
खुल्ला सार्वजनिक ठाँउहरूमा पुरुष र महिलासँगै बसेर खेल हेर्ने तयारीका विपक्षमा राज्य उभिएपछि सो प्रतिबन्ध लगाएको जनाइएको छ ।
यस अघि तेहरानका सार्वजनिक ठाँउहरुमा आयोजना गरिएको कार्यक्रमहरु अब नहुने अधिकारीहरुका भनाई छ ।
मुस्लीम गणतन्त्रको राजधानीका पार्कहरु र रंगशालामा सार्वजनिक रूपमा विश्वकप हेर्ने कार्यक्रमको आयोजना गरिएको थियो ।
तेहरानको अजादी रंगशालाका अधिकारीहरुले पहिलो पटक सँगै बसेर सार्वजनिक रुपमा विश्वकप हेर्ने कार्यक्रम तय गरिएको जनाएका थिए ।
Categorized in मनोरन्जन