काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि सरकारले सार्वजनिक सवारी साधनको भाडादर समायोजन गरेको छ ।
सरकारले वैज्ञानिक सूचकका आधारमा भाडादर समायोजन गरिएको राष्ट्रिय यातायात व्यवसायी महासंघका उपाध्यक्ष सरोज सिटौलाले जानकारी दिएका छन ।
उनका अनुसार यात्रुवाहक सवारी साधनको भाडादर १६.७१ प्रतिशतले वृद्धि गरिएको छ ।
त्यसैगरी पहाडी क्षेत्रका मालवाहक सवारी साधनमा २१.६८ प्रतिशतले भाडादर वृद्धि गरिएको छ भने तराई क्षेत्रका मालवाहक सवारी साधनमा १५.७५ प्रतिशतले वृद्धि गरिएको छ ।
अन्तर्राष्ट्रिय बजारमै पेट्रोलियम पदार्थको मूल्यमा भएको उल्लेख्य वृद्धिका कारण भाडादर समायोजन गर्नुपरेको सिटौलाको भनाइ छ ।
भाडादर वृद्धिसँगै उपभोक्तामा थप आर्थिक भार पर्ने देखिएको छ ।
Categorized in राष्ट्रिय