४ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

सार्वजनिक जग्गाको संरक्षण गर्न केन्द्र र प्रदेश सरकारको सहयोग आवश्यकः  मेयर शाक्य


प्रकाशित: शनिवार, २८ पुष २०७५, ०९ः०० बजे
- महानगरखबर

काठमाडौँ । काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दुर शक्यले महानगरभित्रका सार्वजनिक जग्गाको संरक्षण गर्न केन्द्र र प्रदेश सरकारको सहयोग आवश्यक रहेको बताएका छन । 


प्रमुख शाक्यले जग्गाको संरक्षण गरी खुला पार्क निर्माण गर्न महानगरलाई केन्द्रले सहयोग गर्नुपर्नेमा जोड दिए । 


महानगरपालिकाले काठमाडौं निर्वाचन क्षेत्रका सङ्घीयसभा र प्रदेशसभाका सदस्यसँग आयोजना गरेको विकास पूर्वाधारसम्बन्धी छलफल कार्यक्रममा सो कुरा प्रमुख शाक्यले बताएका हुन । 


सो छलफल कार्यक्रममा काठमाडौँ महानगरपालिकाभित्र रहेका प्राचीन ऐतिहासिक धरोवर र सम्पदाको संरक्षण गर्नुपर्नेमा जनप्रतिनिधले जोड दिएका थिए । 


कार्यक्रममा नेपाली नेपाली काङ्ग्रेसका नेता भिमसेनदास प्रधान, प्रदेशसभा सदस्य वसन्त मानन्धरले लगायतले सम्पदाको संरक्षण संरक्षण, प्रवद्र्धन तथा पूर्वाधार विकासका कार्यहरु अघि बढाउनु पर्ने बताए । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex