१६ चैत्र २०८०, शुक्रबार
Header

सार्क अर्थमन्त्रीहरुको बैठक सम्पन्न, गरीबी मुक्त सार्क बनाउन जोड


प्रकाशित: विहिवार, १९ बैशाख २०७६, १९ः०० बजे
- महानगरखवर

काठमाडौँ । दक्षिण एशियाली क्षेत्रिय सहयोग संगठन (सार्क)का अर्थमन्त्रीहरुको बैठक विहिवार सम्पन्न भएको छ।


फिजीको नादीमा अर्थमन्त्रीहरुको १३ औ अनौपचारिक बैठकमा सार्कलाई गरीबी मुक्त बनाउन क्रियाशिल हुनु पर्नेमा जोड दिएका छन । 


एशियाली विकास बैङ्क (एडिबी)को ५२ औँ वार्षिक बैठकको सिलसिलामा भेला भएका अर्थमन्त्रीहरुको भेलामा नेपालका तर्फबाट सहभागी जनाएका अर्थमन्त्री युवराज खतिवडाले सार्कका जनताको आर्थिक समृद्धिका लागि आर्थिक अन्तरनिर्भरता अनिवार्य भएको बताए । 


दक्षिण एशिया विश्व आर्थिक वृद्धिको केन्द्र भएकोले अन्तरदेशीय सडक सञ्जाल र अन्तर आबद्धता बढाउनु पर्नेमा अर्थमन्त्री घिमिरेले जोड दिए । 


नेपालले लगातार तेस्रो वर्षमा पनि ६ प्रतिशतभन्दा माथिको आर्थिक वृद्धि गरेको जानकारी दिएका थिए । 


वित्तीय समावेसिता विषयमा भएको उक्त बैठकमा सार्कका महासचिव अहमद हुसेन बि सियालले सार्क बडापत्रबमोजिम दक्षिण एशियाका जनताको जीवनस्तर उठाउने तथा समृद्ध दक्षिण एशिया निर्माण गर्नु सार्कको उद्देश्य भएको बताए । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD