७ जेठ २०८३, बिहिबार
Nepal Bank AD 2082 mansir

सारुकको मृत्युको कारणसहित सत्यतथ्य ल्याउन माग


प्रकाशित: आइतवार, ३१ असार २०८०, १८ः५० बजे
- महानगरखबर

काठमाडौं । नायक तथा अभिनेता सारुक ताम्राकारको मृत्युको  कारणसहित सत्यतथ्य बाहिर ल्याउन नेपाल चलचित्र कलाकार संघले माग गरेको छ । 


संघको आइतबार बसेको कार्यसमिति बैठकले ताम्राकारको मृत्युको विषयमा गहिरो छानबिन गरी सत्यतथ्य प्रकाशमा ल्याउन माग गरेको हो । 


संघले एक विज्ञप्ती जारी गरी केही दिन यता समाजिक सञ्जालमा सारुकको मृत्युको विषयलाई लिएर उठेका प्रश्न तथा अभिव्यक्तिहरुको छानविन गरी कोही दोषी पाए काननुनको दायरमा ल्याउन संघका अध्यक्ष मोहन निरौलाले माग गरेका छन । 


सामाजिक सञ्जालमार्फत कलाकार र अन्य प्रयोगकर्ताले पनि घटनाको छानबिन गरी यथार्थ पत्ता लगाउन माग राखेका छन । असार २१ गते राति सारुक रातोपुलस्थित आफ्नै घरमा मृत भेटिएका थिए ।


प्रहरीले सारुकको मोवाइल अनुसन्धनको लागि लिएको छ । 


सारुको मृत्युलाई लिएर संघले चिन्ता जाहेर गर्दै भनेको छ,‘ स्व. सारुक सिंगो चलिचत्र क्षेत्रमै कामप्रति लगनशिल, सालिन र भद्र अभिनेताको रुपमा परिचित हुुनुहुन्थ्यो । यो घट्ना न्यायिक छानविन हुुनुपर्दछ भन्ने आवाज उठिरहेकोले सो विषयमा गहिरो छानविन गरी सत्यतथ्य प्रकाशमा ल्याईदिनका लागि संघ सम्बिन्धीत निकायसँग माग गर्दछ ।’


मृत्युअघि सारुक फिल्म ‘ह्यासट्याग माया’को छायांकनमा व्यस्त थिए । यो फिल्ममा नम्रता श्रेष्ठ र रोयदीप श्रेष्ठ पनि शीर्ष कलाकारको रुपमा थिए । 


सारुक नेपाली चलचित्र क्षेत्रमा पुराना अभिनेता सानुकुमार ताम्राकारका छोरा हुन । 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex