१४ बैशाख २०८१, शुक्रबार
Header

सामूदायिक विद्यालयको गुणस्तरमा ध्यान दिऔँः प्रमुख शाक्य 


प्रकाशित: बुधवार, २१ श्रावण २०७७, १७ः०० बजे
- महानगरखबर

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले सामूदायिक विद्यालयको गुणस्तरमा ध्यान दिन आग्रह गरेका छन । 


ज्ञानोदय माध्यामिक विद्यालयमा नेपाल सरकारको सहयोगमा सामुदायिक विद्यालयमा अध्ययन गर्ने छात्रालाई निःशुल्क स्यानिटरी प्याड वितरणको शुभारम्भ कार्यक्रमलाई सम्वोधन क्रममा प्रमुख शाक्यले भने,‘नीजि क्षेत्रका विद्यालयले जसरी विद्यार्थी र अविभावकलाई आकर्षित गरिरहेको छन अब त्यसैगरी विस्तारै सामूदायिक विद्यालयले पनि चुम्बकीय गुणको विकास गर्नुपर्छ,’ ।


संस्थागत विद्यालयमा विद्यार्थीको आकर्षण बढ्यो भनेर गुनासो गर्ने होइन त्यो भन्दा राम्रो र गुणस्तरीय शिक्षा दिएर तपाईँहरु (विद्यार्थी)को भविष्य हामी बनाई दिन्छौँ भन्ने ग्यारेण्टी सामूदायिक विद्यालयले दिन सक्नु पर्नेमा प्रमुख शाक्यले बताए । 


सबै सामूदायिक विद्यालयमा सरकारले निशुल्क शिक्षाको व्यवस्था गरेको स्मरण गराउँदै शाक्यले निशुल्क शिक्षाको अर्थ कमजोर शिक्षा नभएको प्रष्ट पारे । ‘हामीले खोजेको कमजोर होइन गुणस्तरीय र उत्कृष्ट शिक्षा हो । 


संस्थागत विद्यालयले दिने भन्दा पनि अझ उत्कृष्ट र गुणस्तरीय शिक्षा सामूदायिक विद्यालयले दिन सक्नुपर्छ,’ शाक्यले भने, ‘सामूदायिक विद्यालयले संस्थागत विद्यालयको भन्दा गुणस्तयरीय शिक्षा दिने वातावरण सिर्जना गर्ने हो भने संस्थागत विद्यालय स्वत बन्द हुन्छन।’ 


संघीय, प्रदेश र स्थानीय सरकारमा रहेका जनप्रतिनिधि र अविभावकहरुको जिम्मेवारी र दायित्व संस्थागत विद्यालयलाई बन्द गर्ने नभई संस्थागत विद्यालयसँग प्रतिस्पर्धा गर्न सक्ने सामूदायिक विद्यालय निर्माण गर्नु पर्नेमा प्रमुख शाक्यको जोड थियो । 


प्रमुख शाक्यले सामूदायिक विद्यालयका प्रधानाध्यापकहरुले पनि संस्थागत विद्यालयलाई निषेध होइन, मेरो विद्यालयमा अध्ययनरत विद्यार्थीको भविश्यको जिम्मा म लिनसक्छु भन्ने ध्येयका साथ पढाएर विद्यार्थी र अविभावकलाई पनि विस्वस्थ बनाउनु पर्नेमा जोड दिए । 


शिक्षा समिति, विभाग र नगरसभाले निर्णय गरेर काठमाडौँ महानगरपालिका क्षेत्र भित्रका सम्पूर्ण सामूदायिक विद्यालयको भौतिक पूर्वाधार निर्माणको जिम्मा महानगरले लिएको प्रमुख शाक्यको भनाई छ । 
काठमाडौं महानगरले सबै विद्यालयमा रंगरोगनको काम करीब सम्पन्न गरेको जानकारी दिँदै भने, ‘शौचालय नभएका ठाउँमा हामीले शौचालय बनाई दिन्छौँ भनेका छौँ, सङ्ख्या थप्नु पर्छ भने थप्नुहोस् भनेका छौँ,’ ‘भएकालाई सुधार गर्नुपर्छ भने गर्नुहोस् भनेका छौँ ।’ 


काठमाडौँ महानगरपालिकाले आर्थिक वर्ष ०७७÷०७८ का लागि बालमैत्री चित्र तथा महावाणी लेखन, लैंगिक तथा अपाङ्गमैत्री शौचालय निर्माण, सार्वजनिक पुस्तकालय तथा वाचनालयको स्तरोन्नति, प्राविधिक शिक्षा कार्यक्रम, आविस्कार क्लब स्थापना, सिटी पुस्तकालय स्थापनालगायतका शर्षकमा बजेट विनियोजन गरेको छ ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD