२२ बैशाख २०८१, शनिबार
Header

सामुदायिक सेवा बागबजारले जेष्ठ नागरिकलाई धार्मिक भ्रमण गराउँदै


प्रकाशित: विहिवार, १४ मंसिर २०८०, १०ः५० बजे
- रचना शाही खड्गी

काठमाडौं । सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र, पुरानो बसपार्क बागबजारले शुक्रवारबाट तीन दिने जेष्ठ नागरिक भ्रमण गराउने भएको छ ।


मंसिर १५ गते शुक्रवारदेखि १७ गते आईतवारसम्म मकवानपुरको गढी, हेटौडा भित्र रहेका धार्मिक क्षेत्र, गढीमाई, सौहरा, देवघाट लगायतका भ्रमण गराईने कार्यक्रम रहेको छ । 


सेवा केन्द्रका केन्द्रीय सदस्य पूर्ण बहादुर खड्गीको संयोजकत्वमा गठित समितिले भ्रमणको संयोजन गरेको हो ।  सो भ्रमणमा कापमा २८ का स्थानीय एकसय विस जना जेष्ठ नागरिकहरु सहभागी हुने सेवा केन्द्रका अध्यक्ष कमरुद्धिन मियाँले जानकारी दिए । 


भ्रमणको क्रममा हेटौडा सामुदायिकले स्वागतसँगै अन्तरक्रिया कार्यक्रम गर्ने भएको उनले बताए । 


सेवा केन्द्रले प्रत्येक बर्ष स्थानीय जेष्ठ नागरिकहरुलाई नेपालका विभिन्न स्थानमा भ्रमण गराईरहेको छ ।
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD