काठमाडौं । सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र पुरानो बसपार्क, बागबजारले वेहुली श्रृंगारका प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गरेको छ ।
शनिवार एक कार्यक्रमविच ३५ जना तालिम प्राप्त प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गरिएको सेवा केन्द्रका अध्यक्ष कमरुद्धिन मियाँले जानकरी दिए ।
प्रहरी वृत सिंहदावार का कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक चक्र बहादुर शाह को प्रमुख अतिथ्यमा आयोजित सो कार्यक्रममा उनीहरुलाई सम्मानसहित प्रमाणपत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा वरिष्ठ सल्लाह कार मोहम्मद निजामुदीन, पूर्व अध्यक्ष विपेन्द्र खडगी लगायत स्थानीय संघ, संस्थाका प्रतिनिधि, कार्य समिति का सदस्य वडावासी हरुको सहभागीता रहेको थियो ।
कार्यक्रम संस्था का महासचिव होमप्रसाद खडगीले सञ्चालन गरेका थिए भने सेवा केन्द्र का अध्यक्ष कमरू दिन मियाको अध्यक्षता मा भएको कार्यक्रम सम्पन्न भएको थियो ।
सो अवसरमा वेहुली श्रृंगारका प्रशिक्षक ममता शाहीलाई पनि सम्मान गरिएको थियो ।
Categorized in समाज