काठमाडौं । काठमाडौं महानगरपालिका उपप्रमुख सुनिता डंगोल र सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्रका प्रतिनिधिविच भेटवार्ता भएको छ ।
आईतवार महानगरपालिकामा उपप्रमुखको कार्यकक्षमा सेवा केन्द्रका अध्यक्ष विपेन्द्र खड्गीको नेतृत्वमा गएको प्रतिनिधिहरुले भेटवार्ता गरेको हो ।
भेटपछि उपप्रमुख डंगोलले सेवा केन्द्रले राखेको प्रस्तावमाथि छलफल गर्ने तथा आगामी बैठकमा पुनः विचार विर्मश गरी अघि बढ्ने बताईन ।
भेटमा सामुदायिक सेवाका महासचिव कमरुद्धिन मियाँले हरेक वडामा मेलमिलाप केन्द्र राखिने महानगरको योजनामा सामुदायिक सेवा केन्द्रको पनि सहभागी हुनुपर्ने प्रस्ताव राखेका थिए ।
त्यसैगरी, बागजार क्षेत्रमा सेवा केन्द्रले नियमित रक्तदान गर्दै आएको, स्वास्थ्य सम्बन्धी जनचेतना र शान्ति, सुरक्षामा बिषेश कार्यक्रम संचालन गरिरहेको तथा प्रत्येक बर्ष बृद्धबद्धाहरुलाई धार्मिक भ्रमण लगिरहेको र महानगरबाट सहयोग हुँदै आएकोमा सोलाई निरन्तरता दिन महासचिव मियाँले उपप्रमुख डंगोललाई जानकारी गराएका थिए ।
भेटघाटमा अध्यक्ष खड्गीले उपप्रमुख डंगोललाई महानगरको सहयोगको आफूले अपेक्षा गरेको बताए ।
सेवा केन्द्रका प्रहरी हवल्दार हर्कराज जोशीले पनि सेवा केन्द्रको गतिविधिबारे उपप्रमुख डंगोलसमक्ष चर्चा गरेका थिए ।
भेटमा महानगरले ल्याएको मेलमिलाप केन्द्रले सेवा केन्द्रसँग सहकार्य राखेर अघि बढ्न सके सहज हुने सेवा केन्द्रका सदस्य अजय खड्गीले बताए ।
Categorized in समाज