१ जेठ २०८१, मंगलबार
Header

सामुदायिक सेवा पुरानो बसर्पाकद्धारा महानगरको सहकार्यमा रक्तदान


प्रकाशित: आइतवार, १० भाद्र २०८०, १३ः०० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं महानगरपालिकाको सहकार्यमा सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र पुरानो बसपार्क, बागबजारले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

 
भाद्र ३ गते आईतवार सम्मन्न रक्तदानमा ३५ पिन्ट रगत संकलन गरिएको केन्द्रका महासचिव कमरुद्धिन मियाँले जानकारी दिए । 


सो रगत संकलन भने नेपाल प्रहरी अस्पतालको सहयोगमा गरिएको महासचिव मियाँले बताए ।


रक्तदान बागबजारस्थित पुरानो बसपार्क, रणदीपचोकमा गरिएको थियो । सामुदायिक सेवाले सो क्षेत्रमा नियमिति रक्तदान गर्दै आएको छ ।


रक्तदान कार्यक्रममा सेवा केन्द्रका प्रहरी हवल्दार हर्कराज जोशी, केन्द्रका सहसचिव निशा अली खान, उपाध्यक्ष मिना साह, सदस्य आशा महर्जन लगायतको उपस्थिती रहेको थियो । 

 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD