१७ आषाढ २०८३, बुधबार
Nepal Bank AD 2082 mansir

सामुदायिक सेवा पुरानोबसपार्क बागबजारबाट आयोजित रक्तदान कार्यक्रम सम्पन्न 


प्रकाशित: बुधवार, ९ बैशाख २०८३, १८ः३० बजे
- महानगरखबर

काठमाडौं । सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र पुरानो बसपार्क बागबजारको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । 


बुधवार बाबगजारस्थित रणोद्धिप चोकमा “समुदाय–प्रहरी साझेदारीः हाम्रो प्रहरी कार्यक्रम” अन्तर्गत रक्तदान कार्यक्रम सम्पन्न गरिएको हो ।

 
समाजसेवी रामकृपाल गुप्ताको सहकार्यमा आयोजित उक्त कार्यक्रममा प्रहरी वृत्त सिंहदरबारका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक जनार्दन घिमिरेको प्रमुख आतिथ्यता रहेको थियो । 

 


कार्यक्रममा रक्तदाताहरुलाई समुदायिक सेवा केन्द्रका अध्यक्ष कमरुद्धिन मियाँ, प्रहरी नायव परीक्षक घिमिरे लगायतले प्रमायापत्र वितरण गरेका थिए ।


सो अवसरमा कुल २६ जनाले रक्तदान गरेको जनाइएको छ । यस्ता कार्यक्रमले रक्तदानमार्फत आपतकालीन अवस्थाका बिरामीलाई आवश्यक रगत उपलब्ध गराउन सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ ।

 


कार्यक्रममा सामुदायिक सेवाका महासविच होमप्रसाद खड्गी, उपाध्यक्ष सुरेन्द्र खड्गी, सचिव अजय खड्गी, कोषाध्यक्ष विना तण्डुकार, सदस्य राधेश्याम तण्डुकार, बसन्तकुमार तण्डुकार, विक्रम ताम्रकार, अन्जु श्रेष्ठ, शिला राजबहाक, आशा महर्जन, मोहम्मद मुन्ना हुसैन लगायत कार्यसमितिको उपस्थिती रहेको थियो ।

 


त्यसैगरी प्रहरी जवान रन्जना माझी र लक्षिराम खड्काको सहभागीता रहेका थियो । 

asteriskhubs
Home Page Bottom Second


maharjan complex