काठमाडौं । सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी पुरानो बसपार्क बागवजारले महानगरिय प्रहरी बृत,सिंहदरवार लाई पीपीई लगायत स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।
आईतवार सेवा केन्द्रले पीपीई ३९ थान, भाईजर ४० थान र मास्क १०० थान वृतका डिएसपी हरिवाहादुर बस्नेतलाई हस्तान्तरण गरेको सेवा केन्द्रका महासचिव कमरुदिन मियाले जनाएका छन ।
उक्त स्वास्थ्य सामग्री युवा क्लव बागवजार र उद्योग बाणिज्य काठमाडौं जिल्ला समितिबाट सौजन्य स्वरुप प्राप्त भएको मियाले वताए ।
सो कार्यक्रममा सेवा केन्द्रका अध्यक्ष विपेन्द्र खड्गी, प्रहरी सेवा केन्द्रका हवल्दार हर्कराज जोशी र शाम्श युवा क्लवका मोहम्मद हजरत अली, उद्योग वाणिज्यका अध्यक्ष दिनेश श्रेष्ठ लगायतका उपस्थिीती रहेको थियो ।
Categorized in समाज