१८ बैशाख २०८१, मंगलबार
Header

सामुदायिक सेवा तथा प्रहरी सेवा केन्द्र बागबजारले मनायो २१ औं बार्षिकोत्सव


प्रकाशित: शनिवार, १० चैत्र २०८०, १६ः३० बजे 
- रचना शाही खड्गी

काठमाडौं । सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र पुरानो बसपार्क, बागबजार–२८ ले शनिवार भव्यताका साथ २१ औं बार्षिकोत्सव मनाएको छ ।


स्थानीय समाजसेवी, पूर्व वडा अध्यक्ष स्व. इन्द्रबहादुर खड्गीको अध्यक्षतामा वि.स. २०६० सालमा स्थापना भएको सेवा केन्द्रले २१ औं बार्षिकोत्वस मनाएको हो । 


यस अवसरमा काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख अतिरिक्त महानिरीक्षक दिपक थापाको प्रमुख आथित्वमा विभन्न कार्यक्रमका साथ बार्षिकोत्वस सम्पन्न गरिएको छ । 


प्रमुख अथिति थापाले सो अवसरमा सामुदायिक प्रहरीले सामुदायिक सेवासँग समन्वय गरेर उत्कृष्ट सेवा दिन सकेकोमा धन्यवाद दिएका छन ।

 
उनले स्थानीय जेष्ठ नागरिक ९७ बर्षिया लक्ष्मी माया खड्गी र ९० बर्षका माइला तण्डुकारलाई विशेष सम्मान गर्न पाएकोमा आफू भाग्यशाली भएको बताएका थिए । 


कार्यक्रममा जिल्ला प्रहरी परिसर प्रमुख टेकुका प्रहरी वरिष्ठ उपरिक्षक भुपेन्द्र खत्री, काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका सामुदायिक शाखाका प्रहरी नायब उपरिक्षक रविराज थपलिया, प्रहरी बृत सिंहदरवारका प्रहरी नायब उपरिक्षक चक्रबहादुर शाह र वरिष्ठ सल्लाहकार मोहम्मद निजामउद्धिनले अतिथिीको आसन ग्रहण गरेका थिए । 


त्यसैगरी, कार्यक्रमा सेवा केन्द्रका पूर्व अध्यक्ष तथा संरक्षक समितिको संयोजक विपेन्द्र खड्गी, पूर्व अध्यक्ष दानबहादुर खड्गी, सल्लाहकार दिपक खाँण, पूर्व उपाध्यक्ष ध्रुवकुमार खड्गी, पूर्व उपाध्यक्ष मिना शाह, पूर्व उपाध्यक्ष शिवादिन पाण्डेलाई सम्मान गरिएको थियो ।


सो अवसरमा सेवा केन्द्रमा लामो समय सेवा गरेका वरिष्ठ प्रहरी हवल्दार हर्कराज जोशी, सिद्धार्थ पव्लिक स्कुल, प्रसुती गृहका प्रशुराम दाहाल (रक्तदान कार्यक्रममा सहयोग), इन्जिनियर रामचन्द्र साह, प्रोफेसर मोहम्मद रमजान अली (कम्प्युटर, ज्याकेट लगायत सहयोग)लाई सम्मान गरिएको थियो ।


त्यसैगरी, यस अघि सेवा केन्द्रले आयोजना गरेको ‘आत्महत्या न्यूनिकरण’ विषयमा गरिएको वक्तृत्व कलामा प्रथम हुने मद्रसा ईस्लामिय स्कुलका ईजाज ईक्वाल र तुवा जेनवलाई प्रमाण पत्र तथा ट्रफी प्रदान गरिएको थियो ।


द्धितिय हुने सिद्धार्थ पब्लिक स्कुलका शिवम गौतम र कृषिता शाहीलाई र तृतिय स्थान हासिल गर्ने पदमोदय स्कुलका अविस्कर खत्री र हेलेन जोशीलाई पनि प्रमाणपत्र सहित सम्मान गरिएको थियो । 


अर्का सहभागी विद्यालय सहिद शुक्र माध्यमिक विद्यालयले सान्तवना पुरस्कार प्राप्त गरेका छन । सो वक्तृत्वकलामा भुवन ओलि र प्रतिमा सिंह सहभागी थिए । 


कार्यक्रममा मद्रसा ईस्लामिय स्कुलका छात्रछात्राहरुले ‘लक्ष्य’ नामक नाटक प्रस्तुत गरेका थिए भने उनीहरुले कार्यक्रम स्थल छेउमा विभिन्न साइन्टिफिक प्रविधि, सेतो मछिन्द्रानाथको रथ, धरहरालगायतका डमीहरु प्रदर्शनमा राखेका थिए ।


कार्यक्रममा जिल्ला प्रहरी परिसर टेकुका प्रहरी प्रमुख खत्री, सेवा केन्द्रका सल्लाहाकार दिपक खाँण, सिद्धार्थ पव्लिक स्कुलकी प्रिन्सिपल अन्जु थापा, नेपाल होस्टेल एशोसिएशन काठमाडौं जिल्ला अध्यक्ष भोजिन्द्र श्रेष्ठ लगायतले मन्तव्य दिएका थिए । 


सेवा केन्द्रका उपाध्यक्ष सरस्वती पन्त भट्टराईले सञ्चालन गरेका सो कार्यक्रममा सेवा केन्द्रका महासचिव होमप्रसाद खड्गीले कार्यक्रममा प्रमुख अथिति, अथिति, सहभागीहरुलाई स्वागत गरेका थिए ।


कार्यक्रको अन्त्यमा कार्यक्रम सभापति तथा सेवा केन्द्रका अध्यक्ष कमरुद्धिन मियाले आफ्नो भनाई राख्दै कार्यक्रम समापनको घोषणा गरेका थिए । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD