१८ बैशाख २०८१, मंगलबार
Header

सामुदायिक सेवा केन्द्र बागबजारले २१ औं बार्षिकोत्सव मनाउँदै


प्रकाशित: विहिवार, ८ चैत्र २०८०, १७ः२० बजे 
- रचना शाही खड्गी

काठमाडौं । सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र पुरानो बसपार्क बागबजारले २१ औं बार्षिकोत्सव मनाउने भएको छ ।

 
सेवा केन्द्रले शनिवार काठमाडौं महानगरपालिका वडा – २८ को परिसरमा विहान ११ बजेदेखि बार्षिकोत्सव कार्यक्रम गर्ने भएको हो ।


सो अवसरमा कार्यक्रमको प्रमुख अतिथी काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एआईजी दिपक थापालाई निमन्त्रणा गरिएको सेवा केन्द्रका अध्यक्ष कमरुकिद्धन मियाँले जानकारी दिए ।


त्यसैगरी, कार्यक्रमको विशिष्ट अथितिमा वडा अध्यक्ष भाईराम खड्गीलाई निमन्त्रणा गरिएको छ भने जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी प्रमुख, सिंहदरवार प्रहरी बृत प्रमुख लगायतलाई अथितिको लागि बोलाइएको छ । 


सो कार्यक्रममा सेवा केन्द्रका लागि विभिन्न समयमा योगदान दिएका व्यक्तित्वहरु, समाजसेवी, संस्थापक लगायतलाई सम्मान गरिने भएको छ । 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD