२२ बैशाख २०८१, शनिबार
Header

सामुदायिक सेवा केन्द्र बागबजारमा कमरुद्धिन मियाँको अध्यक्षता नयाँ कार्यसमिति चयन


प्रकाशित: आइतवार, ७ असोज २०८०, २०ः२७ बजे
- रचना शाही खड्गी

काठमाडौं । सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र, पुरानो बसपार्क बागबजारको अध्यक्षमा कमरुद्धिन मियाँ सर्वसम्मत निर्वाचित भएका छन । 


शनिवार सम्पन्न सेवा केन्द्रको २० औं साधारणसभा तथा ७ औं अधिवेशनले मियाँको नेतृत्वमा १९ सदस्य नयाँ कार्यसमिति निर्विरोध चयन भएको हो । 


समितिको ३ जना उपाध्यक्षहरुमा क्रमशः रमा थापा, सरस्वती पन्त भट्टराई र सुरेन्द्र शाही खड्गी चयन भएका छन । 


त्यसैगरी समितिको महासचिव होम प्रसाद खड्गी, सचिव निशा अलि खान, सह–सचिव अजय खड्गी, कोषाध्यक्ष विना तण्डुुकार र सह– कोषाध्यक्ष रोशन शाक्य निर्वाचित भए ।

 
सदस्यहरुमा राधेश्याम तण्डुकार, अञ्जु श्रेष्ठ, दिपा केसी, आशा महर्जन, पूर्णबहादुर खड्गी, भरत तण्डुकार, मोहम्मद हुसने (मुन्ना), विक्रम तण्डुकार, राजुु राजकर्णिकार र ऋषीराम गर्तौला चयन भएका छन । 


अध्यक्षमा निर्वाचित मियाँ यस अघि महासचिव थिए भने यस संस्थाका संस्थापक सचिव पनि हुन । 


निर्वाचन समितिका निर्वाचन अधिकृत गंगाराम खत्री, मतदान अघिकृत कुमार श्रेष्ठ मतदान अधिकृतले निर्वाचन विधिपूर्वक सम्पन्न गराएका थिए । 


सो साधारणसभाको प्रमुख अतिथी रहेका काठमाडौं उपत्यका प्रहरी कार्यलय रानी पोखरीका प्रहरी अतिरिक्त महानिरिक्षक दिपक थापाले कार्यक्रमको सफलताको सुुभकामना दिएका थिए ।

 


थापाले उपत्यकाका शन्ति सुरक्षाको चर्चा गर्दै सामुदायिक सेवा केन्द्रको भूमिका र महत्वकारे प्रकाश पारेका थिए । 


समाजमा अमनचयन ल्याउन विना वर्दिका प्रहरीको अहम भूमिका हुनाले कुनै असमान्य गतिविधि, असमाजिक कार्यहरु भए वा भईरहेको खण्डमा सुुचित गर्न पनि उनले आग्रह गरे ।

 
कार्यक्रमका विशेष अतिथी बागमति प्रदेशसभा सदस्य समिता खड्गीश्रेष्ठले सेवा केन्द्रका संस्थापक अध्यक्ष इन्द्र खड्गीको सम्झना गर्दै आफु यस संस्थाको आजिवन सदस्य भएको बताउँदै समाज रुपमान्तरणमा हामी सबै आ–आफ्नो ढंगबाट अघि बढ्नु पर्ने बताईन । 

 


साथै उनले संस्थालाई आफूले सक्ने सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्ति गरिन । 


सो अवसरमा थापाले सेवा केन्द्रलाई विभिन्न समयमा विभिन्न किसिमले योगदान गरेका व्यक्ति, संस्था, गुठी र क्लवहरुलाई सम्मान गरेका थिए । 


सम्मानित हुनेहरुमा कानुनी सल्हाकार प्रदान गरी सहयोग गर्ने वरिष्ठ अधिवक्ता गंगा सागर खत्री, सल्हाकार मोहम्मद निजामुुद्धिन, कुमार बहादुर श्रेष्ठ, होमप्रसाद खड्गी, संरक्षक तथा सल्लाहाकार दानबहादुर खड्गी, वेदबहादुर कार्की रहेका छन । 

 


त्यसैगरी, सेवा केन्द्रका प्रहरी हवल्दार हर्कराज जोशी, प्रहरी जवान लाछिाराम खड्का र रन्जना माझी, काठमाडौं २८ वडा सचिव मछे प्रसाद दुलाल लाई पनि सम्मान गरियो । 


ललित गिरी, जावेद अन्सारी, सम्स क्लवका अजरत अली, नेपाल जामे मस्जिद, कस्मिरी मस्जिद, नेपाल मुस्लिम समाज र नेवाः गुठीहरुमा श्री भद्रकाली गुठी, श्री भद्रकाली आलु गुठी, भद्रकाली धर्म गुठी, श्री भद्रकाली महाजन गुठी, तँ ध गुठी, धर्मचक्र बुद्ध विहार, विहार पुतली सडक, विहार कमलपोखरी र कमलादी सेवालाई सम्मान गरिएको थियो । 


त्यसैगरी, महानगरखबरडटकमका फोटो पत्रकार बिज्जु श्रेष्ठ, रमेश शाक्य लगायत सम्मानित भएका थिए ।

 

 


कार्यक्रममा सामुदायिक अवधारण विकास गर्ने समाजसेवी जेएन शर्मा, उपत्यका प्रहरी कार्यालय रानीपोखरीको सामुदायिक शाखका प्रहरी प्रमुुख डिएसपी रविराज थपलिया लगायतको उपस्थिती रहेको थियो । 

 


सेवा केन्द्र अध्यक्ष तथा कार्यक्रमका सभाति विपेन्द्र खड्गीले सेवा केन्द्रमा आफु अध्यक्ष २ कार्याकल रहँदा क्षमताले भ्याएसम्म गरे र आगामी दिनमा बाहिर रहेर पनि संस्थालाई निरन्तर सहयोग र सेवा गर्ने प्रतिवद्धता व्यक्त गरे ।  


तस्वीरहरुः बालकृष्ण डंगोल/महानगरखबर (समाचारभित्रको सबै) । 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD